मंसिर ११, सल्यान । सल्यानकाे शारदा नगरपालिका १ शितलपाटीमा रहेकाे शिवजन माविले कक्षा ११ काे वार्षिक परिक्षा पुनः संचालन गर्ने भएकाे छ ।
यसअघि कार्तिक २१ र २२ गते दुइदिनसम्म भएकाे परिक्षा काेराेना महामारीले शितलपाटीमा शिल गरिएपछि स्थगित गरिएकाे थियाे । स्थगित हुँदा संचालन हुन नसकेका विषयका परिक्षा मंसिर १७ गतेदेखि २१ गतेसम्म संचालन हुने प्रधानध्यापक हिरालाल नेपालीले बताए ।
सल्यानमा केहि विद्यालयहरुले कक्षा ११ काे परिक्षा संचालन गरिसकेका छन् भने केहि विद्यालयले पहिलेकाे परिक्षाकाे आधारमा आन्तरिक मुल्याङकन गरेर नतिजा दिने तयारी गरेका छन् ।
हेर्नुहाेस शिवजन माविकाे कार्यतालिका