• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

अर्काकाे श्रीमती भगाएर तेस्राे बिहे गर्ने सल्यानका वडाध्यक्षले तिरे ७ लाख ७० हजार


मंसिर १२, सल्यान । तीनवटी श्रीमती बिहे गरेका सल्यानका एक वटाध्यक्षकाे केसलाइ मिलापत्र गराइएकाे छ ।

यसअघि घरमा दुइवटी श्रीमती बिहे गरेर राखेका र पछिल्लाे समय मंसिर १ गते अर्काकाे श्रीमती भगाएर तेस्राे श्रीमती बनाएका बनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष इन्द्र कुमाइकाे केशलाइ मिलापत्र गराइएकाे हाे ।

उनले स्थानीय बिवाहित महिला गाैरी बाेहरालाइ भगाएर फरार भएका थिए । तर बिहीबार वडा कार्यालयमा पैसामा केस मिलाइएकाे स्राेतले लेकाली अनलाइनलाइ जानकारी दियाे । केस मिलाउदा प्रहरीले सुरक्षा समेत दिएकाे श्राेतकाे दाबी छ ।

वडाध्यक्ष कुमाइले तेस्राे श्रीमती बाेहराका श्रीमान नाेखिराम बाेहरालाइ ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार ऋण गरी ७ लाख ७० हजार पैसा तिर्ने भनेपछि केसलाइ मिलाइएकाे श्राेतले लेकाली अनलाइनलाइ जानकारी दियाे ।

वडाध्यक्षकी तेस्राे श्रीमती गाैरीका श्रीमान नाेखिराम भने  न्यायकाे लागि भौतारी रहेका थिए । तर न्याय पाउने उपाए नदेखेपछि उनलेे  जारी बुझेर चित्त बुझाएका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘यसरी अर्काकाे श्रीमती भगाएर लिनेलाइ कानुनी कारबाही हुनुपर्ने हाे तर न्याय पाउने आस मरेपछि जारी र ऋणकाे पैसामा चित्त बुझाउनुपर्याे, उनिहरुलाइ कानुनी कारबाही भने हुनुपर्छ।’

नाेखिरामले वहुविवाह सम्बन्धि मुद्दा हाल्न खाेज्दा प्रहरीले नै इन्कार गरेको उनले गुनासो गरे । जिल्ला प्रहरी कार्यलय सल्यानले भने वडाध्यक्षकाे श्रीमती बाहेक अरु कुनैले हालेको मुद्दा नलाग्ने बताएकाे छ ।

तर सार्वजनिक फौजदारी मुद्दा सुनेकै भरमा, सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा वा कसैले गाेप्य सुचना दिएकाे आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने अधिकार हुन्छ ।

यसरी संचारमाध्याममा छ्याप्छ्याप्ती समाचार आउँदा र स्थानीयहरुले पटकपटक जिल्ला प्रहरी कार्यालयमै फाेन गरेर माैखिक उजुरी दिदा पनि प्रहरीले कानुनी कारबाहीकाे प्रक्रियामा लिएकाे देखिएन् ।

अधिवक्ता सिपी ओली भन्छन्, ‘सरकारबादी मुद्दा सम्बन्धी ऐन २०४९ अनुसार वडाध्यक्षकाे याे घटनामा घरकै श्रीमतीले मात्रै उजुरी दिनुपर्छ भन्ने छैन्, अरु जाे काेहिले पनि लिखित वा माैखिक उजुरी दिन सकिन्छन् । सुचनाकै आधारमा पनि प्रहरीले पक्राउ गर्नु पर्ने अधिकार हुन्छ ।’

तर प्रहरी अझै उल्टै वडाध्यक्ष कुमाइको सुरक्षाको लागि दैनिक खटिएकाे स्थानीयहरु बताउछन् । सामान्य नागरिकले गाउँ गाउँघरमा बालविवाह, बहुविवाह गरेपछि सुनेकै भरमा छापा मार्ने र नियन्त्रणमा लिने प्रहरी भने शक्ति सामुमुख दर्शक बनेकाे स्थानीयहरुकाे भनाइ छ ।

याे पनिः ‘आमा सधै बैठकमा जान्छु भन्नुहुन्थ्याे, तर वडाध्यक्षसँग बिहे गरेर जानुभयाे’

याे पनिः सल्यानमा वडाध्यक्षले भगाए अर्काको श्रीमती, उनि भन्छन् ‘मायाप्रेम बढेपछि तेस्रो बिहे गरे’

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार