पुस ११, सल्यान । स्थानीय स्थरमा उत्पादित चुनढुंगालाइ सदुपयाेग गरेर साेहि ठाउँमा सेमेन्ट उत्पादन गर्ने भनेर राेल्पाकाे त्रिवेणी गाउँपालिका ३ कोइलामा २०६६ मा स्थापना भएको राेल्पा सिमेन्टले पछिल्लाे समय राेल्पा सिमेन्टले मनपरि गर्न थालेकाे छ ।
राेल्पा सिमेन्टकाे काम अहिले कच्ची बाटाेमा धुलाे उडाउने देखि पक्की बाटाेमा कालाेपत्रे उम्काउने सम्मकाे छ । कहिले स्थानीयहरु सँग गरिएका सम्झाैताहरुलाइ लत्याउदै मनपरि काम गरिरहेकाे छ भने कहिले सिमेन्ट उत्पादनकाे नाममा ढुंगा निकासी गरिरहेकाे छ ।
राेल्पा सिमेन्ट प्रालि विशुद्द सिमेन्ट उत्पादन गर्ने भनेर स्थापना भएकाे थियाे । तर अहिले सिमेन्ट उत्पादन छाेडेर ढुंगा निकासी गर्न थालेकाे छ । आफ्नाे सिमेन्ट उत्पादनकाे लागि भनेर संकलन गरेकाे काेइला आसपासकाे ढुंगा राेल्पा सिमेन्टले केहि ढुंगा दाङकाे अमेलियामा लिएर स्टाेर गरेकाे छ भने केहि ढुंगा अर्घाखाँचीमा रहेकाे अग्नी सिमेन्टलाइ बिक्री गरिरहेकाे श्राेतले लेकाली अनलाइनलाइ जनाएकाे छ ।
यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दश चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।
ढंगा निकासीले सडक बिग्रीयाे
क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको छ ।
त्यस्तै कपुरकाेटदेखि काेइला सम्मकाे सडक पनि बेजाेक अबस्थाकाे छ । याे सडकलाइ मर्मत गर्नुपर्ने भन्दै पटकपटक स्थानीयवासीहरुले आन्दाेलन गर्दै आएका छन् । केहि महिना अघि क्षेमता भन्दा बढी ढुंगा राखेर ढुंगा निकासी गर्दै गरेकाे टिप्पर खाली नजिकै सडक भासिएर दुर्घटना समेत भएकाे थियाे ।
सिडियाे पुगे कपुरकाेट
ढुंगा निकासी गर्ने टिप्परका कारण याे सडक क्षेत्रका स्थानीयहरूले यति सास्ती खेप्न थालेपछि शुक्रबार सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ सहितकाे टिमले सडककाे अवलाेकन समेत गरेका छन् ।
उनले धुलो प्रभावित क्षेत्र कपुरकोट देखी खालि बजार सम्मको क्षेत्रको अवलोकन गरेका हुन् । उनि सहित जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापा लगायत जिल्ला स्थित अन्य शुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।
प्रशासनमा छलफल हुने
धुलो नियन्त्रण, जीर्ण सडकको मर्मत लगाएतका विषयमा मसिनो ढंगले छलफल गरेर आवश्यक निर्णय लिइने प्रजिअ तामाङले बताए । जसका लागि पाैष १२ आइतबार जिल्ला प्रशासन कार्यालयमा बैठक राखिएकाे प्रजिअ तामाङले लेकाली अनलाइनलाइ बताए । बैठकबाट ठाेस निर्णय गरिने उनकाे भनाइ छ ।
बैठकमा समन्वय समिति सल्यान, सम्बन्धित पालिकाका जनप्रतिनिधि, राेल्पा सिमेन्ट प्रालि, ट्रिपर व्यवसायी, सडक डिभिजनका कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुबीच छलफल हुने भएकाे छ ।
याे पनिः राेल्पा सिमेन्टकाे बदमासीः सिमेन्ट उत्पादनका नाममा ढुंगा निकासी
याे पनिः राेल्पा सिमेन्टकाे मनपरि विरुद्ध स्थानीयबासीहरु आन्दोलित