तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने, विजेतालाइ ५० हजार पुरस्कार


पुस ११, दाङ ।

दाङको तुलसीपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ स्वतन्त्र युवा क्लव तुलसीपुर–६ राजापुरको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

खेलकुदको विकास र विस्तारका लागि खेल र खेलाडीको पहिचान तथा विकासका लागि उक्त खेलको आयोजना गरिएको हो ।

प्रतियोगीले यहि पुस २२ गते सम्म आफ्नो टिम दर्ता गर्न पाउने क्लवका अध्यक्ष सन्दिप गौतमले बताए । उनकाअनुसार खेल उद्घाटन पुस २३ गते बिहान ११ बजेदेखि हुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको उनकाे भनाइ छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेका कारण स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गर्दै प्रतियोगिता हुने उनले बताए ।

तुलसीपुर स्थित अरणीको मैदानमा हुने उक्त प्रतियोगितामा विजेता समूहले नगद ५० हजार, उपबिजेता समूहले नगद २५ हजार र १५ हजार प्राप्त गर्ने खेल संयोजक एच.आर मगरले बताए । साथै ट्रफि,मेडल र प्रमाणपत्र दिइने आयाेजकले जनाएकाे छ ।

त्यसैगरी प्रति टिम दर्ता शुल्क रु पाँच हजार तोकिएको छ । टाईसिटका लागि उद्घाटनको दिन बिहान ८ बजे सम्म टिम क्याप्टेन वा टिम प्रतिनिधी उक्त खेल मैदनमा उपस्थित हुनुपर्ने छ । सबैखेल प्रेमीहरु उक्त  कार्यक्रममा  सहभागी हुन खेल संयोजक एच.आर मगरले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार