पुस १२, सल्यान । राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं सल्यानमा राप्रपाले प्रदर्शन गरेकाे छ । राप्रपा सल्यानकाे आयाेजनामा आइतबार भएकाे प्रदर्शनमा ‘राजा आउ, देश बचाउ’ भन्दै सयाैं संख्यामा मानिसहरू सडकमा निस्किएका थिए ।
खलंगाकाे पुरानाे बसपार्कबाट सुरु भएकाे र्याली जिल्ला प्रहरी कार्यालय हुँदै नयाँ बसपार्कबाट नेपाल बैंक, ठन्डी सडक हुँदै पुनः पुरानाे बसपार्क आएर काेण सभामा परिनत भएकाे थियाे ।
काेणसभामा बाेल्ने वक्ताहरुले अहिलेकाे संघियताकाे व्यवस्थाले देश बर्बाद हुन लागेकाे भन्दै अब देशलाइ राजा चाहिएकाे बताएका छन् । सभालाइ राप्रपाका पुर्व महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिती सदस्य राजेन्द्र बीर राइ, केन्द्रीय सदस्य अनुपम सिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ लगाएतले सम्बाेधन गरेका थिए ।