• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

अमिताभ बच्चनले माफी मागे


Author Logo..
एजेन्सी

पुस १३, भारत । भारतीय फिल्म उद्योगमा महानायकका ख्याति पाएका अमिताभ बच्चनले एकजना फेसबुक प्रयोगकर्तासँग लिखित माफी मागेका छन् ।

आफ्नो फेसबुक  तथा ट्विटर ह्याण्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग अमिताभले माफी माग्नु परेको हो ।

प्रसंग केही दिन अघिको हो । अमिताभले आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट एउटा कविता पोस्ट गरेका थिए ।

अमिताभको त्यो पोस्टको कविताले वाहवाही पायो । तर वाहवाहीको प्रसङ्ग चलिरहँदा नै टिशा अग्रवाल नामकी महिलाले उक्त कविता आफ्नो भएको दाबी गर्दै अमिताभले कविता पोस्ट गर्दा आफ्नो नाम उल्लेख नगरेको गुनासो पोखिन् । उक्त पोस्टले टिशा रातारात चर्चित भइन्।

टिशाको त्यो पोस्ट भाइरल बन्यो । अमिताभ माथि अनेकौं आरोप लागे । आरोप लाग्नुको प्रमुख कारण भने अमिताभले यसअघि आफ्ना पिताको कविताका निम्ति गरेको क्षुद्र व्यवहार थियो।

अमिताभ पर्दाका नायक हुन् र उनको यस क्षुद्रताले उनी फगत पर्दाका नायक मात्रै हुन् भनेर प्रमाणित भएको धेरैले आरोप लगाए । धेरैले केही वर्ष अघिको कुरा पनि दोहोराए ।

-एजेन्सी

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार