पुस १३, सल्यान । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेकाे बिराेधमा नेपाली कांग्रेस सल्यानले साेबमार सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेको छ । संसद् विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रम अनुसार नेपाली कांग्रेसले सल्यानमा पनि विरोध प्रर्दशनको गरेको हो ।
सदरमुकाम टुडिखेलबाट शुरु भएको विरोध र्याली पुरानो बसपार्क हुदै ठण्डी सडम, नेपाल बैक, हुलाक रोड परिक्रमा गरी पुनः पुरानो बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
संसद विघटनकाे असंवैधानिक कदम मुर्दावाद, सर्वसत्तावादी ओली सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, ओली तिम्राे पाराले दुख पाए साराले लगायतका नाराहरु काँग्रसेले लगाएकाे थियाे ।
काेणसभामा बाेल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर नेपालको संबिधानलाई कुल्चिने काम गरेको बताएका छन । सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन् ।
काेणसभालाइ नेपाली कांग्रेसका नेताहरु डिल्लीराज रेग्मी, धुर्वराज पुरी, एकराज डाँगी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति गणेश चन्दको सभापतित्वमा भएको कोणसभालाई पार्टी सचिव प्रकाश भण्डारीले सन्चालन गरेका थिए ।