पुस १४, सल्यान । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले सल्यानमा प्रदर्शन गरेकाे छ । जिल्लाका १० ओटै पालिकाबाट आएका पार्टीका नेता तथा कार्यकर्ताहरुले मंगलबार खलंगामा बिशाल जुलुस सहितको प्रदर्शन गरेका छन् ।
सल्यानमा यति धेरै जनमानस सहभागी भएकाे आन्दाेलन २०६२/०६३ काे जनआन्दाेलन यताकै ठुलाे भएकाे बताइएकाे छ । प्रदेशकाे संरचना गर्दा सल्यान टुक्राउने हल्लाकाे बेला २०७२ मा सल्यानमा भएकाे आन्दाेलनमा पनि यति धेरै मान्छे सहभागी नभएकाे नेकपाका नेताहरु बताउछन् ।
लुहापिङबाट सुरु भएकाे जुलुस खलंगा पुरानाे बसपार्क हुँदै, ठण्डी सडक, नेपाल बैंक, हुलाक राेड हुँदै पुनः पुरानाे बसपार्कमा आएर सभामा परिणत भएकाे थियाे ।
कार्यक्रमलाइ नेकपाका केन्द्रीय सदस्य प्रकाश ज्वाल, टेक बहादुर बस्नेत, पुर्व संविधान सभा सदस्य उमाकान्त शर्मा, सल्यान प्रदेश सभा १ का इन्चार्ज कृति बहादुर पुन, २ का इन्चार्ज उदय बाेहरा, प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, धिरेन्द्र रावत, निम बहादुर केसी, भद्रसिंह बुढा, हरि केसी, विधायक सदस्य टिका बुढाथाेकी लगाएतले सम्बाेधन गरेका थिए ।
कर्ण बहादुर बुढाथाेकीकाे सभाअध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन रमेश गाैतमले गरेका थिए । सल्यानमा कुल १६ प्रदेश कमिटी सदस्य मध्ये १४ जना र १३४ जिल्ला कमिटी सदस्य मध्ये १०५ सदस्य आफुहरु सँग भएकाे प्रचण्ड-माधव समुहले दाबी गरेकाे छ।
कार्यक्रममा जनता समाजबाद पार्टी सल्यानका अध्यक्ष सन्ताेष कुमार राइ सहित सिंगाे जिल्ला कार्यसमिती नेकपा प्रचण्ड-माधव समुहमा प्रबेश गरेका थिए ।