• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन


पुस १५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी पत्न सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

अस्वस्थ भएपछि प्रचण्डपत्नी सीताको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आज साँझ प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उनको ख्याल गर्न आग्रह गरेकाे नेकपाका नेता सुभासचन्द्र नेम्वाङले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीको सन्देशसहित महासचिव विष्णु पौडेल र नेता नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

‘हामी प्रधानमन्त्रीको तर्फबाट र व्यक्तिगत तर्फबाट अस्पताल पुगेर सीता जीको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, प्रचण्डजी भर्खरै निस्कनुभएको रहेछ, छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लियौँ’, नेम्वाङले भने ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार