• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

पैदलयात्रीलाइ गाडीले ठक्कर दिएर भागेका मन्त्री प्रभु साहले दिए यस्ताे प्रतिकृया


पुस १८, काठमाडाैं ।

शनिबार शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट पूर्व-पश्चिम राजमार्ग अन्तरगत सर्लाहीकाे हरिवनमा एक जना घाइते बनायाे । मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भए ।

उनको कम्मर र खुट्टामा चोट लागेपछि अहिले स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । घटनाकाे पुष्टि जिल्ला प्रहरी कार्यालय सर्लाहीले गरिसकेकाे छ । प्रहरीकाअनुसार मन्त्री शाहकाे गाडी ति पैदलयात्रीलाइ ठक्कर दिएर भागेको थियाे ।

तर यता मन्त्री प्रभु साहले सर्लाहीमा आफू चढेको गाडीले पैदलयात्रुलाई ठक्कर दिएको घटनाबारे ध्यानाकर्षण भएको बताएका छन्। उनले फेसबुकमा स्ट्याटस लेख्दै साहले सर्लाहीमा आफ्नो गाडीमा झुक्किएर लडेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषय भएको दाबी छन्।

उनले ‘ठक्कर दिएर भागे’ भनेर आफूलाई बदनाम गरिएको समेत प्रतिकृया दिएका छन् । उनले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रहरीलाइ पनि चेतावनीपुर्ण शब्द प्रयाेग गरेका छन् ।

प्रहरी सुरक्षा दिनु र सवारी सहजीकरणको सट्टा अफवाह फैलाएको साहले दाबी गरेका छन् ।

यस्ताे छ उनकाे स्टाटस

भ्रमपूर्ण अतिरंजित समाचारप्रति गम्भीर ध्यानाकर्षण

आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको” भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार