• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

भेरी नदीमा बस खस्यो


 

पुस २३, सुर्खेत । जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका-९, गरालेमा भेरी नदीमा खसेको छ ।

बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।

उनका अनुसार १ जनाको शव भेटिएको छ । १ जना घाइतेको उद्धार भाएको छ ।

उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार