• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

समिक्षा र कर्णको ‘तिम्रो बन्नलाई हो’ मा सुधिर र याङसु


पुष,२४ दाङ । नेपाली लोकदोहोरी क्षेत्रका अब्बल सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द सिर्जनामा तिम्रो बन्नलाई हो बोलको गित भर्खर मात्र बजारमा सार्वजनिक भएको छ ।

बिशेष गरेर जस्तो सुकै बिसय बस्तुमा रहेरपनि कलम चलाउन अब्बल मानिने सर्जक सुवेदीले यस गितमा दुई देशका प्रेमी बीचको हुने प्रेम कहानीलाई उठाएका छन । गीतमा पछिल्नो समयकी चर्चित गायिका समिक्षा अधिकारी र गाएक करण रसाईलीको सुमधुर स्वर सुन्न सकिन्छ । तिम्रो बन्नलाई हो बोलको यस गीतको अडियोमा जत्तिको मिठास र दमदार छ भिडियो पनि उत्तिकै उत्कृष्ट छ ।

कुमार केसीको निर्देशन,अजय रेग्मीको छायांकन, कृष्ण केसीको एरेन्ज,रहेको भिडियोमा सुदिर श्रेष्ठ र याङसु श्रेष्ठले अभिनय गरेका छन । भिडियोलाई पर्लाद सुबेदीको युटूब च्यानलबाट सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार