• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्रीको सम्बोधन कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउने पक्राउ


पुस २४, धनगढी ।

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरे । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।  उनीहरूको नामठेगाना खुलेको छैन् ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार