पुस,२५ दाङ । गायक समिर मोक्तान र गायिका ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ । जसमा डि.पी. खनालको शब्द, शकंर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
सुप्रिम पराजुलीको सम्पादन,अर्जुन तिवारीको छायांकन र सुशान्त खत्रीको कोरियोग्राफी,रहेको भिडियोमा सुशान्त खत्री र एलिशा राई फिचर्ड भएका छन । भिडियोलाई राजीव समरले निर्देशन गरेका हुन ।