• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

बागचाैरमा ७ लाख ६० हजार जस्तै अरु काम पनि गाेप्य रुपमा भएकाे काँग्रेस नेताकाे भनाइ


पुस २५, सल्यान ।

संसद विघटनका विरुद्वमा सल्यानकाे थारमारे भएकाे नेपाली काँग्रेसकाे विराेध सभा कार्यक्रममा बाेल्ने नेताहरु कडा रुपमा प्रस्तुत भएका छन् । केपी ओली सरकार देखि स्थानीय तहसम्मका सरकारमा व्यप्त अनियमितता भएकाे भन्दै नेताहरु कडा रुपमा प्रस्तुत भएका हुन् ।

कार्यक्रममा पुर्ब शिक्षा मन्त्री राजेन्द्र बहादुर शाह, नेताहरु धुर्व पुरी, एकराज डाँगी लगाएतले भाषण गरेका थिए । उनिहरु बागचाैर नगरपालिकाकाे सरकार प्रति पनि कडा रुपमा देखिए ।

कार्यक्रममा बाेल्दै काँग्रेसका महासमिती सदस्य एकराज डाँगीले बागचाैर नगरपालिकामा कार्यकर्ता भरणपाेषणका लागि कमिसनकाे चक्कर चलिएरकाे आराेप लगाए । बागचाैरका सुचना अधिकारी तिर्थराज डाँगीले काेटेशन आह्वान नगरेरै गाेप्य रुपमा काम गरिरहेकाे भन्ने विभिन्न संचारमाध्याममा आएकाे समाचारलाइ जाेड्दै नेता एकराज डाँगीले नगरपालिकाकै जनप्रतिनिधि यस्ताे कामकाे संरक्षणमा जुटेकाे बताए ।

उनले भने, ‘बागचाैर नगरपालिकामा कमिसन खानकाे लागि आफ्ना कार्यकर्तालाइ कर्मचारीमा भर्ती गर्ने र गाेप्य रुपमा कार्यक्रमहरु गर्ने भैरहेकाे छ । मेयरका नजिक मानिएका सुचना अधिकारीले गाेप्य रुपमा ७ लाख ६० हजारकाे काम गरेका छन् । यसकाे हामी बिराेध गर्छाै । यसलाइ फिर्ता गरेर नियम संगत गर्नुपर्छ । यस्ता खालका काम यहाँ अन्य धेरै भएका छन् ।’

भ्रष्टाचारका विरुद्व काँग्रेस सधै खटिरहने बताउँदै उनले यस्ता कुरा उठाउँदा आफ्ना कार्यकर्ताहरुलाइ सत्ताकाे प्रयाेग गरेर धम्काउने, थर्काउने देखि लिएर कुटपिटसम्म गर्ने गरेकाे समेत बताए । तर पनि आफुहरु नडराएर अघि बढ्ने उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार