शिव राज खनाल लमही २७ पुस देउखुरी उद्योग बाणिज्य संघ देउखुरीले सस्थाका अध्यक्ष रत्न प्रसाद श्रेष्ठलाइ स्वागत तथा सम्मान गरेको छ ।
संघले सोमबार एक कार्यक्रमको आयोजना गरि भर्खरै नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत लुम्बिनी प्रदेश उद्योग बाणिज्य महासंघको कोषाध्यक्ष पदमा निर्बाचित भएको भन्दै आफ्नै भबन रातोडाडामा फुल माला र अबिरले सम्मान गरेको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै देउखुरी उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष खगेस्वर खनालले देउखुरी उद्योग बाणिज्य संघको नेतृत्व गर्दै लुम्बिनी प्रदेश उद्योग बाणिज्य महासंघको यस महत्त्वपूर्ण पद प्राप्त गर्न सफल भएकोमा सिङ्गो दाङ जिल्ला कै खुसीको कुरो भएको बताए ।
कार्यक्रममा संघका बाणिज्य उपाध्यक्ष बिनोद कुमार पान्डे , सह -सचिब कृष्ण घिमिरे ,सल्लाहकार शेषमणि गौतम , सदस्य नबाफ अलि , प्रकास जिसि , लगाएतको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता , खगेस्वर खनालको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण संघका महासचिव कमल जंग सिह ठकुरीले गरेका थिए ।