पुस,२७ तुलसीपुर /तुलसीपुरको बिरेन्द्र चोकमा आज २९९ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ निर्वाचन क्षेत्र नं. ३ को आयोजनामा भएको कार्यक्रममा राप्रपाका क्षेत्रिय अध्यक्ष प्रेम बहादुर शाहको अध्यक्षता एवम् पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य टोप बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तिलक बहादुर बस्नेत, रोमहर्ष भन्डारी ,जिल्ला अध्यक्ष हंसराज के.सी.,एन आर एनका विश्वदेव शाह,जेष्ठ नागरीक ललित वली, शान्तिनगर युवा संघका अध्यक्ष कर्ण देव देवकोटा ,लगाएतकाले पुथ्वी नारायण शाहको चर्चा गर्नु भएको थियो । कार्यक्रमको सशजिकरण राप्रपा क्षेत्र नं.३ ख का सभापति सुरेन्द्र जि.सी. गोपालले गर्नु भएको थियो ।