• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको कालिमाटीमा नेकपा (केपी ओली) समुहद्वारा पार्टी र युवाको कमिटी गठन


पुस २७, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (केपी ओली) समुहले सल्यानमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिइरहेको छ । सोमबार जिल्लाको कालिमाटी गाउँपालिकामा ओली समुहले कार्यकर्ता भेला गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

भेलाले नेकपा कालिमाटी गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य केशर बुढालाइ प्रदान गरेको छ । त्यस्तै, राष्ट्रिय युवा संघको वडाहरुमा अधिवेशन आयोजक कमिटी पनि गठन गरिएको ओली समुहले जनाएको छ ।


जसमा वडा नम्बर २ मा भिम ब ओली संयोजक रहेको १६ सदस्यीय कमिटी , वडा नम्बर ३ मा दिपक खनाल संयोजक रहेको १७ सदस्यीय कमिटी , वडा नम्बर ४ मा निम ब थापा संयोजक रहेको ८ सदस्यीय कमिटी , वडा नम्बर ५ मा लाल ब राना संयोजक रहेको ९ सदस्यीय कमिटी र वडा नम्बर ७ मा धन ब ओलि संयोजक रहेको ४ सदस्यीय कमिटि गठन गरिएको नेकपाका जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डिसीले बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १३ जनाभन्दा बढी नेकपा (ओली समूह)मा प्रबेश गरेका छन् । प्रवेश गर्नेहरुमा लक्षुमण खत्री, कुल ब ओली, मोहनलाल कवर, देबिलाल परियार, निम ब परियार, तिल ब गिरी, दुर्गा ब गिरी, मिना परियार, खुमन गिरी, मेघ प्रसाद खराल, देउ ब राना, याम ब राना, गोकर्ण राना रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य गुलाबजंग शाह, केपी ओलीलु मनोनीत गरेका नयाँ केन्द्रीय सदस्य गोविन्द पुन, लोकबहादुर डाँगी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्य दान बहादुर केसी, दिपेन्द्र प्रकाश डिसी, त्यस्तै सनशिलता ओली डिसी, द्रोण केसी, राष्ट्रिय युवा संघ सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी संयोजक राम बहादुर केसी लगाएको सहभागीता रहेको थियोे ।

वीर बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केशर बुढाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य गुलाबजंग शाहले आफुहरु नै पार्टीको मुल लाइनमा भएकोले अब सबै ढिलो चाँडो आफ्नो लाइनमा आउने बताए ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार