• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

घरमा श्रीमती हुँदाहुँदै दोस्रो बिहे गर्ने जोडी सल्यानमा पक्राउ


पुस २९, सल्यान ।

बहुविवाह गरेको आरोपमा सल्यानमा दुईजना पक्राउ परेका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ कोटबेत घर भई हाल ललितपुर महानगरपालिका १८ मगरगाउँ बस्ने २७ वर्षीय भरत बस्नेत र उनकी कान्छी श्रीमती ओखलढुङ्गा लिखु गाउँपालिका ९ की २१ वर्षीया लक्ष्मी परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती ललिता बस्नेतले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । जाहेरीका आधारमा उनीहरुलाई ललितपुर महानगरपालिका १८ मगरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बहु विवाह कसुरमा जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका स्थित लोकन्थलीमा बस्नेतले एक फर्निचर उद्योगमा लेखामा र परियारले शोही ठाउँमा ढोल बनाउँदै आइरहेकी थिइन ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार