• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

मेयरले जग्गा अतिक्रमण गरेर घर बनाएकाे भन्दै भाषण गर्ने काँग्रेसका नेतालाइ ज्यान मार्ने धम्की


माघ १, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाका मेयर लाेकमान बुढाथाेकीले जग्गा अतिक्रमण गरेर घर बनाएकाे भन्दै भाषण गर्ने काँग्रेसका नेतालाइ ज्यान मार्ने धम्की आएकाे नेपाली काँग्रेस सल्यानले जनाएकाे छ ।

संसद विघटनकाे बिराेधमा पुस २५ गते नेपाली काँग्रेस सल्यान प्रदेश सभा (क)ले थारमारेमा आयाेजना गरेकाे विराेध सभा कार्यक्रममा थारमारे बजारमा मेयर बुढाथाेकीले ऐलानी जग्गा अतिक्रमण गरेर घर बनाएकाे कुरा उठन गर्दै काँग्रेसका बागचाैर नगर सचिव दिपेश डिसीले भाषण गरेका थिए । साेहि कुरालाइ लिएर उनिमाथी ज्यान मार्ने आएकाे भन्दै नेपाली काँग्रेस सल्यानले बुधबार एक प्रेश विज्ञप्ती जारी गरेकाे छ ।

काँग्रेस सल्यानका सभापति गणेश चन्दद्वारा जारी विज्ञप्तीमा आम सर्वसाधारण, सराेकारवालाहरु र सामाजिक संजाल प्रयाेगकर्ताकाे भावना समेट्दै नगर सचिव डिसीले जग्गा अतिक्रमण गरेर बनाइएकाे घरकाे बारेमा मेयर बुढाथाेकीले प्रष्ट पार्नुपर्ने, यदि ऐलानी जग्गा मिचेर घर बनएकाे भए घर सटरकाे भाडा स्थानीय नमुना मावीलाइ बुझाउनुपर्ने धारण राखेकाे जनाइएकाे छ । उक्त धारणा राखेपछि मेयर बुढाथाेकी र उनकाे परिवारले कार्यक्रम पछ्यात अभद्र व्यवहार समेत गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

त्यस्तै काँग्रेस बानपा १० का सभापति राजेश गिरीलाइ पनि मारपिट गरिएकाे र अहिले दिपेश डिसीलाइ बारमबार ज्यान मार्ने धम्की आएकाे काँग्रेस जिल्ला सभापति चन्दद्वारा जारी गरिएकाे विज्ञप्तीमा जनाइएकाे छ । यस्ताे कार्यकाे नेपाली काँग्रेस सल्यानले घाेर निन्दा समेत गरेकाे विज्ञप्तीमार्फत भनिएकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ, ‘यस्ता अलाेक्तान्त्रीक, अराजक एवम् जनहित बिराेधी कार्य तत्काल बन्द गरेर अतिक्रमित घर जग्गाकाे विवाद समाधान गर्न सम्बन्धित निकायसँग माग गर्दछाैं ।’

यस बिषयमा मेयर बुढाथाेकीकाे धारण लिन खाेज्दा उनिसँग सम्पर्क हुन सकेकाे छैन् ।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार