• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा ओली र सचिवमा रोका चयन


माघ ३, सल्यान ।

राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा कुल बहादुर ओली चयन भएका छन् । संघको प्रथम जिल्ला अधिबेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका र कोषाध्यक्षमा लिला खत्री रहेका छन् । अधिबेशन खलंगा स्थित बालमन्दिरको हलमा शनिबार भएको हो ।

अधिबेशनको उद्घाटन कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । चयन गरिएका १७ सदस्य सल्यानका दशवटै पालिकाबाट समाबेश भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार