• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिए


दाङ ४ माघ । भर्खरै ‘सीतको पानी’ बनेर रंगमञ्चमा छायका दाङ का उदयमान मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन । नेपाली मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्यूजिकि भिडियो मार्फत गोरी प्रतिको अथाह प्रेम ब्यक्त गरेका छन । केहि दिन अघि मात्रै सार्वजनिक भएको यो गीत मुलतः गाउँले परिवेश अनि गहिरो प्रेममा आधारित छ ।

कुमार पौडेल र कुसुम मगरनीको आवाजमा रहेको यो गीतमा कुमार पौडेलले संगित भरेका छन् भने राजकुमार बगरले गीत लेखेका हुन् । नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरी उदय भए । कलाकारीताको औपचारिकताबाट केहि समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनि यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने लयमा ब्यस्त बने । मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनय सहित टिकटकमा छाएका सागरले टीक टक बाटै धेरै गीत को अफर पनी पायका छन उनले सामाजिक सञ्जाललाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरे । उनि भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो ।’ बिस्तारै उनि यो अभिनयशालाबाट बाहिरिए । कारण उनि फेरी रंगमञ्चमा रंगिन पुगे ।

दाङ घोराहीका सागर रेडीयो मध्यपश्चिम एफ एम को कुशल आर जे पनी हुन साथै राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । त्यसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए । त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए । ‘गीतबाट साथीभाईहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनि भन्छन् । झण्डै आधा दर्जन गीत गायकी पछि उनि कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे । फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । यस गीत को छायांकन दीनेश पराजुली ले गरेका हुन भने गीत का डाइरेक्टर बीशाल नेपाली हुन

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार