• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

डेढ महिनादेखि सम्पर्कबिहिन भएपछि राेल्पा गंगादेवका प्रशासकीय अधिकृत बर्खास्त


माघ ४, रोल्पा ।

रोल्पाकाे पश्चिम क्षेत्रमा रहेकाे गंगादेव गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सकलदेव यादव करिव डेढ महिना अघिदेखि सम्पर्कबिहिन भएपछि उनलाइ पदबाट बर्खास्त गरिएकाे छ ।

उनि सम्पर्कबिहिन भएपछि पालिकाको कार्य सम्पादनमा समस्या देखिएकाे भन्दै पुस १९ गते बसेको कार्यपालिकाको बैठकद्वारा सकलदेव यादबलाई निमित्त प्रशासकीय अधिकृतबाट बर्खास्तगरि शाखा अधिकृत सालिकराम बस्नेतलाई निमित्त प्रशासकीय अधिकृतमा जिम्मेवारी तोकेर सामान्य प्रशासन मन्त्रालयमा सिफारिसका लागि पत्राचार गरेको गाउँपालिकाले जनाएकाे छ ।

यादवलाइ एक महिनासम्म पर्खिदा समेत नआएपछि कार्यपालिकाको निर्णय द्वारा उनलाई जिम्मेवारीबाट हटाएको गाउँपालिका अध्यक्ष बीर बहादुर केसीले बताए । बर्खास्त गरेर मन्त्रालयमा सिफारिस गरेपनि मन्त्रालयबाट हालसम्म कुनै जानकारी नआएको अध्यक्ष खत्रीकाे भनाइ छ ।

मंसिर १८ गते आफ्नो निजिकार्यका लागि बिदा मिलाई घर गएको र हाल सम्म नफर्किएको गाउँपालिका अध्यक्ष खत्रीले बताए । अध्यक्ष खत्रीका अनुसार पारिवारिक अंशबन्डाको काम सकाएर मंसिर २१ गते फर्किने बताएका यादव हालसम्म बेखर रहेका छन् । सकलदेव यादवको मोबाइल हालसम्म स्विच अफ रहेको छ ।

प्रेस संयोजक अशोक ओलीका अनुसार यादवको पुर्खेउली घर सिराहा र हाल दाङ जिल्लामा पनि घर रहेको छ । दाङ रहेको यादवको घरमा समेत पुग्दा उक्त घरमा ताला लागेको ओलीले जनाए ।

यसअघिका निमित्त प्रशासकीय अधिकृत गणेश पुन दुर्घटनामापरि मृ’त्यु भएपछि स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाली रहेका सकलदेव यादवलाई जेष्ठताको आधारमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । प्रशासकीय अधिकृतको रिक्तता पूर्तिका लागि अब हप्तादिन भित्र कुनै न कुनै बिकल्प आउन सक्ने अध्यक्षले बताएका छन् ।

केहि राजनीतिक कारण, नकारात्मक प्रचार, दुर्गम-अपाई, अफ्ठ्यारो र सोसाइटीको नेगेटिभ रेकर्डका कारण कर्मचारीहरु गंगादेव गाउँपालिकामा आउन नचाहाने गरेकाे अध्यक्ष खत्रीले बताए ।

प्रमुख नहुँदा आर्थिक कारोबार ठप्प

लामो समयसम्म प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा पालिकाको कार्य सम्पादनमा समस्या उत्पन्न भएको छ । आर्थिक कारोबार पूर्ण रुपले ठप्प भएका छन् भने योजना भुक्तानीमा समेत समस्या भएको छ ।

लामो समयसम्म  प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा गाउँपालिकाका जनप्रतिनिधिले समेत हालसम्म वैकल्पिक उपाए नखोजेको भन्दै स्थानीय सरकारप्रति सामाजिक संजालमा आलोचना बढेको छ ।

कर्मचारी सकलदेव यादव सम्पर्क बिहिन रहेको बारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय शाखा बुटवल र जिल्ला सिडियो कार्यलय रोल्पामा समेत जानकारी गराएइको गाउँपालिकाका एक कर्मचारीले बताए ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार