• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा अटो दुर्घटना हुँदा ४ जना घाइते


माघ ४,सल्यान ।

सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीबाट सदरमुकाम खलंगा आउँदै गरेको रा १ ह ३५५० नम्बरको अटो आइतबार बिहान शारदा नगरपालिका–८ सिमखर्कको सबुज चौतारामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ नेपालगञ्ज रिफर गरिएकाे छ । गम्भीर घाइते भएर नेपालगञ्ज रिफर हुनेमा चालक बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका १७ वर्षीय विमल बुढाथोकी र स्थानीय १७ वर्षीय आषिक कुँवर रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

घाइतेमध्ये २४ वर्षीया प्रेमी यरी र १८ वर्षीया सुष्मा रेउलेलाइ जिल्ला अस्पतालमा लगिएकाे छ । उनिहरुकाे अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । तीव्र गति तथा ब्रेक फेल भएका कारण भित्तामा ठोक्किएर अटो दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार