• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

तीन वर्षको अवधिमा सल्यानमा मतदाताको संख्या कति बढ्याे ?


पुस ५, सल्यान ।

सल्यानमा मतदाताहरुको संख्या १ लाख ४१ हजार २ सय २० पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार गएको तीन वर्षको अवधिमा मतदाताहरुको संख्या ७ हजार ७ बढेको हो ।

२०७४ सालको निर्वाचनमा १ लाख ३४ हजार २ सय १३ रहेकोमा अहिले १ लाख ४१ हजार २ सय २० पुगेको निवार्चन अधिकृत मधुकर कुमार साहले जानकारी दिए । अहिले सरकाले मध्याबधी निर्वाचनको लागि २०७८ साल बैशाख १७ र २७ गते सम्पन्न गर्ने गरी मिति तोकिसकेकाले जिल्लामा पनि आवश्यक कार्यक्रमहरु अगाडी बढाइएको समेत उनले बताए ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा संचालन गर्नका लागि ५ वटा मतदान केन्द्र थपेर १ सय ८५ वटा मतदान केन्द्र बनाईएको छ ।

याे पनिः सल्यानमा निर्वाचनकाे कार्यक्रममा (प्रचण्ड-माधव) पक्ष बाहेक अरु राजनीतिक दल सहभागी

आइतबार जिल्ला निर्वाचन कार्यालय सल्यानले आयाेजना  गरेकाे  मतदाता नामावली अध्यावधिक कार्यक्रममा नेकपा (प्रचण्ड-माधव नेपाल) पक्ष बाहेक सल्यानमा सकृय अरु राजनीतिक दलहरुकाे सहभागीता देखिएकाे छ ।

प्रतिनिधि सभा विघटन गरेर सरकारले बैशाखमा ताेकेकाे निर्वाचनकाे तयारी लगाएतका विषयमा सराेकारवालाहरुसँग छलफल गर्न जिल्ला निर्वाचन कार्यालयले कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । कार्यक्रममा सबै राजनीतिक दलहरुलाइ पत्र पठाइएकाे थियाे ।

कार्यक्रममा नेकपा (केपी ओली) पक्ष, नेपाली काँग्रेस, राप्रपाका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । उनिहरुले बैशाखमा हुने चुनावलाइ स्वागत गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बाेल्दै नेकपा (केपी ओली) पक्षका नेता मनाेज सिंहले ताजा जनादेशका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अब निर्वाचनको तयारीमा लाग्न सबैमा आग्रह गरे। उनले भने, ‘निर्वाचनमा जानुपर्छ, जनतामा जानुपर्छ यो नै लोकतान्त्रिक हो । देश अब एउटा ट्रेनमा गयो । निर्वाचनकाे विकल्प छैन् ।’

त्यस्तै नेपाली काँग्रेसका प्रतिनिधि रामचन्द्र केसीले वर्तमान सरकारले गर्नु नपर्ने काम गरेको बताउदैँ अब निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘तोकेको मितीमा निर्वाचन भयो भने राम्रो हुन्छ, यहि ताेकेकाे मितीमा भएन भने देशमा फेरी अर्काे दुर्घटना हुन सक्छ । त्यसैले निर्वाचन कार्यालयले गर्ने हरेक काममा हामी सहयोग गर्न चाहान्छौं । निर्वचनकाे स्वागत गर्छाैं ।’

यस्तै राप्रपाका प्रतिनिधि अन्जित श्रेष्ठले देशभर निर्वाचनको माहोल शुरु भएकाले चुनावको तयारीमा लाग्न सबैमा आग्रह गरे । उनले अब आफ्नाे पार्टीले तल्लाे तहसम्म पुगेर निर्वाचनमा जुट्न महाेल बनाउने बताए ।

चुनाव भएपनि स्वागत छः विष्ट 

कार्यक्रमका प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले मुलुकको राजनितिक निकासको मुल बाटो निर्वाचन भएको बताए । बहुमत प्राप्त सरकारले संसद बिघटन गर्नु आफैँमा राम्रो नभएपनि मुलुकको निकासको लागि अबको बाटो निर्वाचन भएको उनकाे भनाइ छ ।

उनले भने, ‘मुलुकमा स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागी सबै क्षेत्र मिल्नु आवश्यक छ, सरकारले विघटन गरेको संसद पुर्नस्थापना हुने या नहुने त्यो अदालतको पाटो हो, तर यस्तो अवस्थामा मुलुकलाई निकास दिनको लागी निर्वाचनमा हुनुको विकल्प छैन् । संसद पुर्नस्थापना भएपनि स्वागत छ, पुर्नस्थापना नभएर चुनाव भएपनि स्वागत छ ।’

अहिले जतिसुकै आन्दोलन गरेपनि अन्तिममा निर्वाचनमा जानुपर्ने उनकाे भनाइ छ । आफुहरु हामी कानुनी निकायमा बसेकाले सरकारले बनाएको हरेक नियम पालना गर्नैपर्ने उनले बताए ।

सरकारले भनेकाे कामकाे पालना गर्नुपर्छः प्रजिअ 

कार्यक्रमकाे अध्यक्षता ग्रहण गरेका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सरकारले निर्वाचनलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न भनेपछि त्यसलाई पूरा गर्न आफुहरु लागेकाे बताए ।

उनले भने, ‘अब के हुन्छ, कसो हुन्छ भन्ने होइन सरकारले घोषणा गरेका कामहरुमा लाग्नुपर्छ । चुनाव हुने नहुँने कुरा सरकारकाे हाे । तर अहिले सरकारले भनिसकेपछि हामी चुनावी तयारीमा लाग्नुपर्छ ।

कार्यक्रममा सुरक्षा निकाय, कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार