• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

टिकाको ‘माया लुकी लुकी’ बन्यो १० करोड बढी भ्युज पाउने दोश्रो गित


माघ,६ दाङ । गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले युट्युवमा १० करोड बढी भियुज पाएर एउटा रेकर्ड बनाउन सफल भएको छ ।

चलचित्रको गीतमा कुटुमा कुटु गीत दश करोडभन्दा बढी भ्यूज पाउने पहिलो गीत बनेको थियो भने,ननफिल्मी गीतमा गायिका प्रसाईंको यो गीतले पहिलोपटक यूट्युबमा १० करोड बढी भ्यूज पाएर इतिहास रचेको छ ।

यो गीत टिकाले सन २०१८ जुन ७ का दिन आफ्नै यूट्युब च्यानल बाट अपलोड गरेकी थिइन । गितमा आनन्द अधिकारीको शब्द,आशिष अविरको संगीत र अविरलकै संगीत संयोजन छ ।गीतले एक सय मिलियन भ्यूज पाएको उपलक्ष्यमा गायिका प्रसाईंले फेसबुक लाइभमा आएर सम्पूर्ण दर्शकहरुप्रति आभार व्यक्त गरेकी छिन ।

काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन । वि. सं. २०५८ सालबाट गायकीको यात्रा सुरु गरेकी प्रसाईँका अन्य गीतहरु पनि हिट रहेका छन ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार