माघ,६ दाङ । चर्चित गायक समिर आचार्य र गायिका रोशनी थापाको स्वर साथमा मिस्टर आरजेको र्याप तथा संगीत रहेको ‘माकुरी’ बोलको गीत बजारमा सार्बजनिक भएको छ । नवराज कलौनीको शब्द रहेको गीतमा मोहित मुनालको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरु हरिश निरौला, जीवेश गुरुगं, एलिशा राई, उसा उप्रेती समारिका,स्मारिका ढकाल लगायतको अभिनय गरेका छन ।
बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोमा हरी हुमागाईको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतमा गायिका रोशनीको लगानी रहेको छ । भिडियो मिस्टर आर.जे.को यूट्युब च्यानलमा अपलोड गरिएको छ ।