• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

भारतमा १७ वर्षीया किशोरीलाई ४४ जनाद्वारा सामूहिक बला’त्कार


माघ ६, काठमाडाैं ।

भारतकाे केरलस्थित मलप्पुरमा १७ वर्षीया किशोरीलाई ४४ जनाले सामूहिक बला त्कार गरेको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अहिलेसम्म २० जनालाई प’क्राउ गरिएकाे छ।

पीडित किशाेरीका अनुसार पहिलोपटक उनी १३ वर्षको छँदा सन् २०१६ मा उनलाई यौन उत्पीडन भएको थियो। दोस्रो घटनापछि उनलाई बालगृह लगिएको थियो।

त्यसपछि करिब १ वर्षअघि उनले आफ्ना आमा र दाइका साथमा बस्ने अनुमति पाएकी थिइन्, तर बालगृहबाट निस्कनासाथ धेरै जनाले फेरि उनीसँग घृणित कार्य गरेका हुन्। प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अहिलेसम्म २० जनालाई प’क्राउ गरिसकिएकाे छ।

एक बर्ष पहिले परिवारका सदस्यहरूसँग बस्न अनुमति दिइएको थियो

मलप्पुरम बाल कल्याण समितिका अध्यक्ष अध्यक्ष साजेश भास्करका अनुसार यी किशोरी पहिले बालगृहमा बस्थिन्। तर एक वर्षअघि परिवारको आग्रहबमोजिम घर पठाइयो। बालिकालाई घर पठाउनु पहिले सबै कानुनी एवं सुरक्षा प्रक्रिया पूरा गरिएको थियो।

बालगृहबाट निस्किएपछि भइन् बेपत्ता

यस मामिलाका इन्जार्च सर्किल पुलिस इन्स्पेक्टर मोहम्मद हनिफाले सञ्चारमाध्यमसँग बताएअनुसार बालिकाले घटनाको खुलासा निर्भया केन्द्रमा आफ्नो काउन्सिलिङका क्रममा गरेकी हुन् ।

उनका अनुसार बालिका बालगृहबाट निस्केपछि केही समय बेपत्ता भइन् र डिसेम्बर अन्त्यतिर उनी पलक्कडमा फेला परेकी थिइन्।

निर्भया केन्द्रमा गरिन् आश्चर्यजनक खुलासा

पलक्कडमा फेला परेपछि उनलाई परिवारका सदस्यले निर्भया केन्द्रमा लिएर आए। यहाँ काउन्सिलिङका क्रममा उनले केन्द्रका अधिकारीलाई आफूविरुद्ध भएका यौन उत्पीडन र दु’व्र्यवहारका विषयमा जानकारी दिएकी हुन्।

इन्स्पेक्टरले किशोरीको बयानका आधारमा घटनामा संलग्न लगभग सबै व्यक्तिविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराइएको जानकारी दिए।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार