माघ ६, सल्यान ।
सल्यानकाे सदरमुकाम खलंगामा ३ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरिएकाे छ । तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत निर्मीत उक्त खानेपानीकाे ट्यांकी मंगलबार एक कार्यक्रमका बीच खलंगा शीतलपाटी खानेपानी उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको हाे ।
जिल्ला प्रशासन कार्यालय सल्यानको छेउकाे जमिना ठुलो क्षमताको ट्यांकी निर्माण सम्पन्न गरि संचालनका लागि समयमै हस्तान्तरण गरिएको निर्माण व्यवसायी तथा प्राकृतिक निर्माण प्रा.लि.का डिल्ली केसीले बताए ।
गत असारमा १ करोड ६३ लाख ६४ हजार लागतमा निर्माण जिम्मा पाएको प्राकृतिक निर्माण प्रालिले छ महिनामै टंकी निर्माण कार्य सम्पन्न गरेको हो ।
खलंगामा अहिले सम्मकै ठुलो क्षमताको ट्यांकी निर्माण र पाइपलाईन विस्तार संगै खलंगा शीतलपाटी आसपासका उपभोक्तालाई अब दैनिक रुपमा पानीको आपूर्तीमा सहज हुने खलंगा शितलपाटी खानेपानी संस्थाका अध्यक्ष केशब बुढाथोकीले बताए ।
उनकाअनुसार याे ट्यांकी निर्माण संगै सचालनमा आएपछि खलंगा आसपासका बासिन्दालाई आलोपालो पानी वितरण गर्नु पर्ने बाध्यताको हट्ने भएकाे छ ।
याे पनिः ३ लाख लिटर खानेपानी जम्मा हुनेगरी सल्यान खलंगामा खानेपानीकाे ट्याङ्की शिलान्यास