माघ ८, काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाएका छन्। आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाइ छाेरी लाइ मेयर बनाउने, ज्वाँइलाइ घर बनाउने चिन्ता भएकाे बताए ।
प्रधानमन्त्री ओलीले भने ‘उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरीज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ । मेरो छोराछोरी छैनन्। होइन यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन्।’
उनले प्रचण्डलाई आफ्नो छोरीलाई जिताउनका लागि हार्ने अवस्थामा आएपछि मतपत्र च्यातेको बताएका छन्। ‘उहाँकाे जस्ताे मतपत्र च्यातेर मलाइ छाेरी जिताउने चिन्ता छैन्’, उनले प्रश्न गर्दै भने, ‘आफूलाई यहाँसम्म पुर्याउनेहरूको छोराछोरीको अवस्था कस्तो छ? तपाईले सोच्नुभएको छ?’
ओलीले अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्दै प्रचण्डलाई प्रश्न समेत गरे । ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् …., छोरीलाई जिताउन मत पत्र च्यात्नै पर्यो । ज्वाइँ छन्, घर किन्दिनै पर्यो,’ प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, ‘बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’
आफ्नो मुख्य उद्देश्य समृद्ध नेपाल सुखी नेपाली रहेको उनले बताए। ‘देश बनाउनु छ। कसैलाई प्रतिशोधको भावनाले जाने पक्षमा छैनौँ’ उनले भने, ‘देश बनाउनका लागि हाम्रो यात्रा तय गर्नुपर्छ, समाजमा विभिन्न प्रकारका व्यक्ति हुन्छन्। तीनले आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन्।’