• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

भारतीय टेलिभिजनलाइ दिएकाे अन्तर्वार्ताबारे प्रधानमन्त्री ओलीले मुख खाेले


माघ ८, काठमाडाैं ।

भारतीय न्यूज च्यानल जी न्यूजका सम्पादक सुधिर चाैधरीले लिएकाे अन्तरवार्ताका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मुख खाेलेका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिराेधी तत्वहरुले अरु केहि नपाएपछि अन्तर्वार्तालाइ लिएर बिराेध गरेकाे बताए ।

उनले भने, ‘एउटा बिदेशी टेलिभिजन आयाे, मैले अन्तर्वार्ता दिए, त्यसपछि त्याे मान्छे उता गएर सगरमाथा नाप्ने व्यक्तीकाे नामबाट नामाकरण गर्नुपर्छ भनेछ । त्यहि कुरालाइ लिएर मेराे बिराेध गर्छन् । मलाइ राष्टघाती भन्छन् । याे त अरु केहि नपाएर मेराे बिराेध गर्ने कुरा हाे ।’

उनले प्रश्न गरे, ‘त्याे पत्रकारले सगरमाथा नै खान्छु त भनेकाे छैननी । एउटा पत्रकारकाे कुरालाइ लिएर यति ठुलाे हंगामा किन गरेकाे ?’

राष्टवाद भनेकाे बेकारमा कराउने चिज भएकाे उनकाे भनाइ छ । ओलीले प्रश्न गरे, ‘मलाइ खाली नाैटंकी नाैटंकी मात्रै भन्छन्, खास नाैटंकी भनेकाे के हाे बताइदिनुहाेस ना त ?’

याे पनिः मलाइ मतपत्र च्यातेर छाेरी जिताउने चिन्ता छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाएका छन्। आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाइ छाेरी लाइ मेयर बनाउने, ज्वाँइलाइ घर बनाउने चिन्ता भएकाे बताए ।

प्रधानमन्त्री ओलीले भने ‘उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरीज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ । मेरो छोराछोरी छैनन्। होइन यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन्।’

उनले प्रचण्डलाई आफ्नो छोरीलाई जिताउनका लागि हार्ने अवस्थामा आएपछि मतपत्र च्यातेको बताएका छन्। ‘उहाँकाे जस्ताे मतपत्र च्यातेर मलाइ छाेरी जिताउने चिन्ता छैन्’, उनले प्रश्न गर्दै भने, ‘आफूलाई यहाँसम्म पुर्‍याउनेहरूको छोराछोरीको अवस्था कस्तो छ? तपाईले सोच्नुभएको छ?’

ओलीले अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्दै प्रचण्डलाई प्रश्न समेत गरे । ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् …., छोरीलाई जिताउन मत पत्र च्यात्नै पर्‍यो । ज्वाइँ छन्, घर किन्दिनै पर्‍यो,’ प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, ‘बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’

आफ्नो मुख्य उद्देश्य समृद्ध नेपाल सुखी नेपाली रहेको उनले बताए। ‘देश बनाउनु छ। कसैलाई प्रतिशोधको भावनाले जाने पक्षमा छैनौँ’ उनले भने, ‘देश बनाउनका लागि हाम्रो यात्रा तय गर्नुपर्छ, समाजमा विभिन्न प्रकारका व्यक्ति हुन्छन्। तीनले आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन्।’

याे पनिः प्रचण्ड-माधवलाइ ओलीकाे व्यांगे- ‘सिनेमामा हिराेइन घाइते हुन्छे, हिराे भावविहल हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपालले सडकमा सिनेमाकाे जस्तै नाटक देखाएकाे बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड माधवलाइ व्यांगे गर्दै आफ्नाे स्वार्थमा उनिहरुले सडकमा सिनेमाकाे नाटक देखाइ जनतालाइ भ्रमित पारेकाे बताए ।

उनले भने, ‘सिनेमामा हिराेइन घाइते हुन्छे, हिराे भावविहल हुन्छ । साच्चिकै जस्ताे लाग्छ । लास्टमा आउँदा त्याे सबै सिनेमा हुन्, नाटक हुन्छ । एउटा कथा हुन्छ । अहिले सडकमा भएकाे आन्दाेलन पनि त्यहि नाटक हाे । ‘

उनले आफुहरु राताे झण्डा बाेक्नेवाला भएकाे बताएका छन् । प्रचण्ड-माधवलाइ लक्षित गर्दै उनले भने, ‘हामी पेरिसडाँडामा जस्ताे कालाे झण्डा फहराउनेवाला हाेइनाैं, सडकमा कालाे झण्डा देखाउने हाेइनाैं, हामी त राताे झण्डा बाेक्नेवाला हाैं । राताे बेलुन उडाउनेवाला हाैं ।’

प्रधानमन्त्री ओलीले आफुहरु कसैसँग प्रतिसाेध साँध्न तिर नलागेकाे बताए । उनले भने, ‘हामी देश बनाउनु छ । देश बनाउन गन्तव्यमा हिड्नु छ । कसैसँग प्रतिसाेध साँध्नु छैन् ।’ मति सहि ठाउँमा नभए बुद्दि भएकाे मान्छे पनि बुद्दि भ्रष्ट हुने उनले बताए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार