• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

महिलालाई म्यासेजमा अश्लिल भिडियाे पठाउने एक व्यक्ती सल्यानबाट पक्राउ


माघ ८, सल्यान ।

फेसबुक म्यासेजमा अश्लिल भिडियाे पठाएर हैरान बनाएकाे आराेपमा एक व्यक्ती सल्यानबाट पक्राउ परेका छन् । महिलालाइ म्यासेजमा अश्लिल शब्द र भिडियाे पठाएर हैरानी बनाएकाे भन्दै प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेमा उजुरी परेपछि ति व्यक्तीलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका वडा नम्बर ४ सेरिडाँडाका ३६ वर्षीय रमेश शाही भनिने रवि शाही रहेकाे साइबर ब्यूराेका प्रहरी प्रवक्ता नविन्द अर्यालले बताए ।

शाहीले सल्यानकै एक महिलालाइ फेसबुककाे म्यासेजमा अश्लिल भिडियाे, फाेटाे र सन्देशहरु पठाएर याैन उत्पिडन गराउने तथा हैरानी बनाएकाे साइबर ब्यूराेले जनाएकाे छ ।

उनलाइ पक्राउ गर्न साइबर ब्यूराेले पत्र काटेपछि सल्यान प्रहरीले घरबाटै माघ ५ गते पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैं पठाएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार