• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

विष्णु पाैडेलले निर्वाचनकाे मिति बिर्सिए गलत मितिकाे उच्चारण गरे (भिडियाे सहित)


माघ ८, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति नै भुलेका छन् । उनले बिहीबार ओली समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति नै गलत भनेका हुन्।

सरकारले  वैशाख १७ र वैशाख २७ गतेका लागि तोकेको निर्वाचन मितिलाई मंसिर १७ र मंसिर २७ गते हुने भनेर उच्चारण गरेका छन्। उनले त्यसक्रममा संसद पुनःस्थापना नहुने पनि बताएका छन्।

पौडेलले संसद पुनःस्थापना हुनै नसक्ने बताए। पौडेलले मुलुक निर्वाचनमा होमिएको पनि उल्लेख गरे। पौडेलले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्ने पनि बताए। नयाँ निर्वाचनमार्फत अनुशासित प्रतिनिधिसभाका लागि आफूहरु जुटेको उनको भनाइ थियो।

हेर्नुहाेस् भिडियाे

 

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार