• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

कम्युनिस्टहरू खिया लागेकाे फलामबाट कबाडीकाे रुपमा आए : विक


माघ ८, सल्यान ।

नेपाल विद्यार्थी संघ सल्यानका उपाध्यक्ष नेपाली काँग्रेस कुमाख गाउँपालिकाका सचिव प्रेमनारायण विकले कम्युनिस्टहरू खिया लागेकाे फलाम भएकाे बताएका छन् । उनले कम्युनिस्टहरू अहिले प्रयाेगमा नआएकाे कारण खिया लागेकाे फलामबाट कबाडीकाे रुपमा प्रयोग हुने अवस्था भएकाे बताए ।

संसद विघटनकाे विरुद्ध सल्यानकाे कुमाख गाउँपालिका ६ मा भएकाे विराेध सभा कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले नेताहरूकाे भागबण्डाकाे लुछाचुरीले देशकाे संविधान धरापमा परेकाे बताए । देशमा अब शान्ति र संम्बृद्धिका लागि काँग्रेसकाे विकल्प नरहेको समेत उनकाे जिकिर छ ।

काँग्रेस कुमाख ६ का सभापति भिम प्रकाश ओलीकाे सभाअध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आतिथ्यता प्रेमनारायण विककाे रहेकाे थियाे भने विशिष्ट अतिथि नेपाली काँग्रेस कुमाख ६ का पुर्व सभापति सर्जन बाेहरा, अतिथिहरू नारायण खत्री, हरेराम शर्मा, जगेश्वर देवकाेटा मिरा डिसी, निमकुमारि बस्नेत, लाेक बहादुर विक, प्रकाश सुनार, तरूण दलका नेता रेमन्त विक लगाएतकाे सहभागीता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार