• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा १३ वर्षीया बालिकालाई बला’त्कार गर्ने ८४ वर्षीय वृद्धलाई ८ वर्ष जेल


माघ ८, सल्यान ।

सल्यानमा जबरजस्ती करणी मुद्दामा फरार रहेकाे ८४ वर्षीय प्रतिवादी ४ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत सल्यानबाट ८ वर्षको कैद सजाय पाएर फरार रहेका अभियुक्त कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानीका ८४ वर्षीय जितलाल बोहरालाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार एक स्थानीय १३ वर्षीया बालिकालाई बोहराले बला’त्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले २०७३ माघ ७ गते ८ वर्षको जेल सजायको फैसला सुनाएको थियो ।

जिल्ला अदालत सल्यानको २०७३ साल फागुन १५ को आदेश अनुसार बोहरा १ लाख ८ हजार धरौटिमा छुटेका थिए । अन्तिम अदालतको फैसलामा पछि बोहरा फरार रहेका थिए ।

उनलाई कपुरकोट गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको प्रहरी प्रमुख गोबिन्द थापाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तहरुको खोजतलास गर्दा फरार सूचिमा रहेका देखिदा पक्राउ गरिएको हो ।

बोहरालाई बिहिवार पक्राउ गरी जिल्ला अदालतमा सल्यानमा बुझाई कारागार चलान गरिएको प्रहरी प्रमुख थापाले बताए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार