• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

कर्णालीकाे शैक्षिक सुधारकाे माग गर्दै सल्यानका एक विद्यार्थीले शिक्षामन्त्रीलाइ बुझाए ज्ञापनपत्र


माघ ८, सल्यान ।

कर्णालीकाे शैक्षिक अवस्था सुधारकाे माग गर्दै सल्यानका एक विद्यार्थीले शिक्षामन्त्रीलाइ ज्ञापनपत्र बुझाएका छन् । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्लायलय सिंहदरबार पुगेर सल्यान कुमाख गाउँपालिका ६ का युवराज खड्काले समग्र कर्णाली प्रदेशकाे शैक्षिक सुधारकाे माग सहितकाे ज्ञापनपत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाइ बुझाएका हुन् ।

ज्ञापनपत्रमा कर्णालीका धेरै विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेर पढाइ नभएकाे भन्दै समयमै पाठ्यपुस्तक पुर्याउन माग गरिएकाे छ । त्यस्तै, विषयगत शिक्षक नभएर फरक विषयका शिक्षकहरुले पढाइरहेकाे भन्दै विद्यालयमा विषगत शिक्षक राख्न पत्रमा माग गरिएकाे छ ।

त्यसैगरी शैक्षिक संस्थाहरुमा राजनीति प्रभाव भएकाे, सामुदायिक विद्यालयका शिक्षकहरु शैक्षिक क्रियाकलाप भन्दा बढि राजनितीमा व्यस्त भएकाे, शिक्षक आफै रक्सी खाएर विद्यालयमा शिक्षा दिइरहेकाे पनि ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

यस्ता छन् ज्ञापनपत्रमा लेखिएका मागहरु 

१. हुम्ला ,जुम्ला ,डोल्पा जस्ता अधिकांश ग्रामीण भेगमा शैक्षिकसत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने ।

२. विषयगत ,तहगत एवम् तालिमयुक्त शिक्षकको व्यवस्था गर्नुपर्ने ।

३. सामुदायिक विद्यालय र शिक्षकलाई राजनिती बाट मुक्त गराउनु पर्ने ।

४. शैक्षिक क्रियाकलाप प्रभावकारी ,गुणस्तरीय एवम् पाठ्यक्रममा उल्लेखित उदेश्य पूरा गर्न शैक्षिक सामाग्री, पुस्तकालय, एवम् प्रयोगशालाको व्यवस्था गर्नुपर्ने ।

५. स्वास्थ्य संस्थाबाट टाढा रहेका भौगोलिक विकटता रहेका ग्रामिन भेगका विद्यालयमा प्राथमिकता साथ एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्नुपर्ने ।

६. विद्यार्थीमा राष्ट्रियता र राष्ट्रिय भाव जगाउन एवम् नयाँ भुमि ,क्षेत्रफल सहितको पाठ्यपुस्तक यथाशिर्घ उपलब्ध गराउनु पर्ने ।

७. शिक्षालाई समयानुकूल व्यवहारिक बनाउनु पर्ने ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार