• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

दार चिर्ने क्रममा मुढाले लागेर राेल्पामा शिक्षककाे मृ’त्यु


माघ ९, सल्यान ।

राेल्पामा काठ (दार) चिर्ने क्रममा मुढाले लागेर एक शिक्षककाे मृ’त्यु भएकाे छ । जिल्लाकाे गंगादेव गाउँपालिका ३ बडाढुंगा निवासी महेश कुमार केसीकाे आफ्नै घर बनाउनलाइ सल्लाकाे दार चिर्ने क्रममा मुढाले लागेर मृ’त्यु भएकाे हाे ।

स्थानीयकाअनुसार बिहीबार गाउँ नजिककैकाे झांक्री सल्ला भन्ने ठाउँमा उनले दार चिर्नलाइ मेसिन बाेलाएका थिए । मेसिनले सल्लाेलाइ काटेर टुक्क्रा बनाउँदै गर्दा उनि तलबाट माथी दार चिर्ने ठाउँमा उक्लिदै थिए । त्यतिकैमा माथीबाट टुक्क्रा पारेकाे सल्लाकाे मुढा खस्दा टाउँकाेमा लागेर उनि गम्भीर घाइते भएका थिए ।

घाइते लगतै उपचारका लागि दाङ लगिएपछि उनकाे मृ’त्यु भएकाे अस्पतालले पुष्टि गरेकाे हाे । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय सुकावडार पुगेर घटनाबारे अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख नरेशराज सुवेदीले बताए । केसी स्थानीय गणेश आधारभूत विद्यालयका शिक्षक हुन् ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार