• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा कोरोना भाइरसबाट थप एक जनाको मृ’त्यु


माघ ९, सल्यान ।

सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका ३ का ९० वर्षीय वृद्धको मृ’त्यु भएको हो ।

गत पुस २७ गते सामान्य विरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृ’त्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृ’त्यु भएको थियो । यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

बनगाडमा थपिए १६ जनामा संक्रमण 

जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे बनाड कुपिण्डे नगरपालिकामा १६ जनामा काेराेना संक्रमण देखिएकाे छ । प्रदेश अस्पताल, पशुपंक्षिरोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा यहाँका विद्यार्थी र शिक्षकहरुमा कोरोनाभा पोजिटिभ देखिएको हो । ४७ जनाका स्वाब संकलन गरेर पिसिआर गर्दा १६ जनामा कोरोना देखिएको हो ।

जसमा प्रभाकर माध्यमिक विद्यालयका ८ विद्यार्थी र २ शिक्षक रहेका छन् । त्यस्तै, गंगा प्राथामिक विद्यालय अम्राका १ शिक्षक, मुक्ति माध्यमिक विद्यालयका १ जना शिक्षक, नगरपालिकाको महिला तथा बालबालिका शाखाकाका एक जना कर्मचारी र लक्ष्मी बैक सुर्खेत सिम्ताका शाखा प्रबन्धक सहित १६ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए।

सल्यानमा हालसम्म सात सय भन्दा बढी कोरोना भाइरस संक्रमित छन् । जसमध्ये करिब ४० जना सक्रिय संक्रमित रहेको र बाँकी सबै ठिक भई सकेका छन् । संक्रमित प्राय सबै हाेम आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार