• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

भाेली हुने भनिएकाे पत्रकार महासंघ सल्यानको साधारणसभा ७ दिनलाइ सर्याे


माघ ९, सल्यान ।

भाेली माघ १० गते हुने भनिएकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको वार्षिक साधारण सभा स्थगित भएको छ । आवश्यक तयारी अपुग लगाएतका विशेष कारणले साधारणसभा स्थगित गरेर ७ दिनलाइ सारिएकाे अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिए ।

स्थगित साधारणसभा यही माघ १७ गते विहान ११ वजे पत्रकार महासंघ सल्यानको आफ्नै भवनमा हुने उनको भनाइ छ । साधारणसभामा महासंघको सल्यान शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गरिने छ ।

साथै वार्षिक साधारणसभामा उपस्थितिको लागि सल्लाहकार, केन्द्रिय तथा प्रदेश पार्षद, पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु सबैमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार