• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

विप्लव नेकपाद्वारा भाेली नेपाल बन्दकाे आह्वान


माघ ९, काठमाडौँ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले भाेली माघ १० गते नेपाल बन्दकाे आह्वान गरेकाे छ । यसअघि साे पार्टीका महासचिव विप्लवले जारी गरेकाे विज्ञप्तीमा भाेली १० गते नेपाल बन्द आह्वानकाे कार्यक्रम सार्वजनिक गरिएकाे छ।

पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाइ सरकारले पक्राउ गरेकाे भन्दै उक्त पार्टीले नेपाल बन्दकाे आह्वान गरेकाे जनाएकाे छ ।

महासचिव विप्लवले ओली सरकारलाई दमन बन्द गर्न र गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने समेत बताएका छन् ।

विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

यस्ताे छ विप्लवले जारी गरेकाे विज्ञप्ती

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार