• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

नेपाल बन्द : काभ्रेका दुइ स्थानमा बम विस्फाेट (हेर्नुहाेस् अहिलेसम्मकाे देशभरकाे अवडेट)


माघ १०, काठमाडाैं ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव देशभरी परेकाे छ । विहानैदेखि देशका ठाउँठाउँमा ब’म वि’स्फाेट र सवारी साधन आगजनीका घटनाहरु भैरहेकाे छन् ।

बन्दकाे दिन बिहानै काभ्रेका दुइ स्थानमा ब’म वि’स्फाेट भएको छ। जिल्लाकाे बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा ब’म वि’स्फाेट भएको हो ।

फाइल फाेटाे

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले वि’स्फोट गराएको प्रहरीकाे आशंका गरिएको छ । प्रहरीले जानकारी दिएअनुसार आज विहान ३:४५ बजेको समयमा जिल्लाको बनेपा-६  बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो ।

सोही स्थानमा एउटा ब’म भने विस्फाेट भएको हो। अहिले सो उक्त स्थानमा नम्बर १५ गण हेक्वा काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जना (बम डिस्पोजल टोली) खटिएको छ।

यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि ब’म वि’स्फाेट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको र  बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्‌।

प्रतिबन्धित पार्टीले आह्वान गरेको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरी गाडीहरू पास गराउन सिन्धुलीबाट ७ जनाको प्रहरी टोली खटिएको छ।

मकवानपुरमा बोलेरो आगजनी 

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको छ ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको  मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताए ।

बिहान चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएकाे मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए । यसैगरी मकवानपुरको वाग्मती गाउँपालिका-४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।

सिराहमा प्रेसरकुकर

त्यस्तै सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर ब’म फेला परेको छ ।

शनिबार बिहान पुलमा प्रेसर कुकर ब’म भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ ।

ब’म कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द छ ।

धराणमा शङ्कास्पद वस्तु फेला

धरान चतरा सडकखण्ड अन्तर्गत वाग्मती-४ झुरझुरेमा सडकखण्डको बीचमै शङ्कास्पद वस्तु भेटिएको र सेनाको सहयोगमा नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । कालोराते तारसहितको वस्तु सडकको बीचमै भेटिएपछि सडकखण्ड बन्द  छ । यस्तै हेटौँडा–५ सिँचाइ टोल नजिक झोलामा शङ्कास्पद वस्तु भेटिएको छ ।

विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाइ सरकारले पक्राउ गरेकाे भन्दै उक्त पार्टीले यसअघि विज्ञप्ती जारी गरेर नेपाल बन्दकाे आह्वान गरेकाे थियाे ।

महासचिव विप्लवले ओली सरकारलाई दमन बन्द गर्न र गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने समेत बताएका छन् ।

विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार