• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

ज्याेतिष परिषद दाङकाे अध्यक्षमा कपिलदेव सुवेदी


Author Logo..
श्रवण देवकोटा

श्रवण देवकोटा / माघ ११, दाङ । 

नेपाल ज्याेतिष परिषद दाङ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिबेशन घाेराहीमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्यसमितिकाे अध्यक्षमा कपिलदेव सुवेदी निर्वाचित भएका छन् ।

कुल २१ मतदान भएकोमा उनको प्रतिस्पर्धि डम्बरु प्रसाद निराैलालाई १८ मतकाे अन्तरले प्राजित गरेका हुन् ।  उनका प्रतिस्पर्धी डम्बरु प्रसाद निराैलाले २ मत प्राप्त गरे भने एक मत बदर भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा निमान्नद भुसाल, टंकेश्वर अधिकारी, पद्मप्रसाद अधिकारी,  सचिवमा अर्जुनकुमार आचार्य, सह-सचिव झसेन्द्र आचार्य, प्रेम प्रसाद भट्टराई काेषाध्यक्ष सन्तोष गाैतम सह-काेषाध्यक्ष नारायण आचार्य निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा प्रकाश भट्टराई, डम्बरु प्रसाद निराैला, बिष्णु प्रसाद गाैतम, ऋषिराम रिजाल, सञ्जीव देवकोटा, गिरिराज अधिकारी, उज्ज्वल पाैडेल, वेदनिधि गाैतम, निमान्नद रिजाल, छबि देवकोटा, यादव देवकोटा, धन प्रसाद शर्मालाई निर्वाचित भएका छन् ।

नेपाल ज्याेतिष परिषद दाङको चाैथाे अधिबेशन बाट लुम्बिनी प्रदेशकाे पार्षदमा १४ जनालाई निर्वाचित गरिएको छ । जसमा माधव देवकोटा, बिष्णु कुमार देवकोटा, ढुण्डिराज खनाल,  केशव देवकोटा, गाेविन्द खनाल, माधवा शर्मा, गाेपाल प्रसाद उपाध्याय, खेमराज अधिकारी, चन्द्रबहादुर थापा, ठाकुर प्रसाद देवकोटा, भुवनेश्वर बन्जाडे, पद्मप्रसाद अधिकारी, कमल प्रसाद भट्टराई, र गिरिराज अधिकारी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ज्याेतिष परिषदका केन्द्रीय सचिव डा. अर्जुन प्रसाद भट्टराई रहेका थिए । विशिस्ट अतिथिमा गाेरखनाथ बैद्धिक गुरुकुलका मठाधिश सन्ताेषनाथ याेगी, सुरतनाथ याेगाी, नेपाल ज्याेतिष परिषदका केन्द्रीय सदस्य केशव गाैतम, नेपाल ज्याेतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य रहेका थिए ।

नेपाल ज्याेतिष परिषद दाङका उपाध्यक्ष प्रकाश भट्टराईकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा गाेरखनाथ बैद्धिक गुरुकुलका बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो भने संस्कृत भाषामा स्वागत गान द्वारा गुरुकुलकी आचार्य आचार्य सन्तोषी सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य नेपाल ज्याेतिष परिषद घाेराहीका अध्यक्ष ढुन्डीराज खनाल नेपाल ज्याेतिष परिषद तुलसीपुरका अध्यक्ष ठाकुर देवकोटा नेपाल ज्याेतिष परिषद लुम्बिनी प्रदेश महासचिव ढुन्डीराज ज्ञवाली नेपाल ज्याेतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य र नेपाल ज्याेतिष परिषदका केन्द्रीय सदस्य केशव गाैतमले राखेका थिए ।

कार्यक्रमकाे सञ्चालन नेपाल ज्याेतिष परिषद दाङका सचिव बिष्णु गाैतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार