• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा एक यात्रुकाे ४ लाख रुपैयाँ राखेकाे झाेला बसमै छुटेपछि…


माघ १३, सल्यान ।

सल्यान सिद्दकुमाख गाउँपालिका वडा नम्बर ४ खारबनका मान बहादुर राेका मंगलबार दिउँसाे ३ बजेतिरकाे समयमा नगद ४ लाख रुपैयाँ बाेकेर श्रीनगरबाट बसमा चढेर घर तर्फ जाँदै थिए । उनि गाउँकै जलश्रोत उपभोक्ता निर्माण समितीका सचिव हुन र उक्त रकम निर्माण कार्यकाे पहिलाे किस्ता बुझेका थिए ।

श्रीनगरबाट बसमा चढेका उनि ढोरचौर बजारमा दिउँसाे ४ बजेतिर ओर्लिए । तर ४ लाख रुपैयाँ राखेकाे उनकाे कालाे झाेला भने बसमै छुट्याे । एकछिन पछि उनले ४ लाख राखेकाे झाेला सम्झिए तर बस धेरै अगाडी गैसकेकाे थियाे ।

कुन गाडी हाे उनलाइ गाडी नम्बर समेत थाहा थिएन् । लगतै उनले ढाेरचाैरमा रहेकाे प्रहरीलाइ खबर गरे । त्यसपछि त्यहाँकाे प्रहरीले तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर गरे । लगतै जिप्रकाले श्रीनगरबाट थारमारे तर्फ जाने बसहरुको चेकजाँच गर्न इलाका प्रहरी कार्यालय थारमारेलाइ निर्देशन दियाे ।

चेकजाँचका लागि इलाका प्रहरी कार्यालय थारमारेका निमित्त कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक लिलाराम चन्दको कमाण्डमा प्रहरी टोली थारमारे बजारमा खटियाे । ना ५ ख ७७६१ नम्बरकाे बसमा नगद ४ लाख सहितको कालो झोला प्रहरीले फेला पार्याे ।

यसरी नेपाल प्रहरीले उक्त पैसा सहितकाे झाेला खाेजेर भेटाएपनि निज मान बहादुर रोका भने पछि खुसी भए । उनिले यसरी पैसा भेटाइदिएकाेमा प्रहरीलाइ धन्यवाद समेत दिए । भेटाएकाे पैसा भरपाई गरी उनलाइ बुझाईसको जिल्ला प्रहरी कार्याल सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार