• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सहिद तथा वेपत्ता फाउन्डेसनकाे लुम्बिनी प्रदेश अध्यक्षमा राेल्पाका ओली


माघ १३, सल्यान ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेशको अध्यक्षमा राेल्पाका तेज विक्रम ओली चयन भएका छन् । ओली राेल्पा गंगादेव गाउँपालिका ३ लाेरीबैनी स्थित सहिद दुर्गे ओलीका छाेरा हुन् ।

साेमबार बसेकाे फाउण्डेसनकाे कार्यसमितीकाे बैठकले ओलीकाे नेतृत्वमा ११ जना पछि थप्नेगरी ३० सदस्यीय तदर्थ लुम्बिनी प्रदेश कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा एमेसन चाैधरी, सचिव रुक्सना मिया, सहसचिव कमल घर्तीमगर र काेषाध्यक्ष निशान बुढा रहेका छन् ।

सहिदहरुकाे सम्मान गर्दै जनयुद्व र जनआन्दाेलनमा ज्यान गुमाउने सहिद र वेपत्ताहरुका परिवारलाइ सम्मान, सन्ततिहरुलाइ शिक्षा, राेजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकताहरुलाइ महसुस गर्दै सहिद तथा वेपत्ता याेद्धा सन्तती फाउन्डेसन गतवर्ष स्थापना गरेकाे फाउन्डेसनले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार