• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

भानुभक्त मावि दमाचाैर सल्यानमा एकवर्ष देखि मुख्य विषयका ३ शिक्षक खाली


माघ १४, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका १ दमारचाैरमा रहेकाे भानुभक्त माविमा विगत एक वर्षदेखि मुख्य तीन विषयका शिक्षकको पदपूर्ति हुन सकेको छैन । उच्च माविमा गणित र विज्ञान तथा निमाविमा गणित शिक्षककाे अहिलेसम्म पदपुर्ती हुन् सकेकाे छैन् ।

शैक्षिक सत्रकाे अन्तिम अवस्थामा आउँदासमेत मुख्य विषयका शिक्षक नहुँदा विद्यार्थीकाे पढाइ प्रभावित भएकाे छ ।

विद्यालय व्यवस्थापन समितीले शिक्षककाे विज्ञपान खाेल्ने निर्णय गरेर गाउँपालिकालाइ पठाएकाे थियाे । गाउँपालिकाले पनि विज्ञापन खाेल्न भन्दै जिल्ला शिक्षा इकाइ समन्वय समितीलाइ पत्र गरेकाे थियाे । त्यहि अनुसार इकाइ समन्वयले विज्ञापन आह्वान गरेकाे थियाे ।

तर माघ १ गते केहि स्थानीयले विद्यालय व्यवस्थापन समिती अवैध भएकाे भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि विज्ञापन राेकिएकाे जिल्ला शिक्षा इकाइ समन्वय सल्यानका प्रमुख लाल बहादुर घर्तीले बताए । अहिले प्रशासनले गाउँपालिकामा विव्यस गठनकाे सबै कागजपत्र मागेकाे र यसबारे अनुसन्धान गर्न केहि दिन लाग्ने भएकाेले त्यसपछि सबै प्रकृया अघि बढ्ने इकाइ प्रमुख घर्तीले बताए ।

लडाइ नेकपा र काँग्रेसकाे, मार विद्यार्थीमा

भानुभक्त माविमा विव्यस गठनकाे लडाइ सुरु भएकाे एक वर्ष भन्दा बढी भयाे । अहिले विव्यसकाे अध्यक्ष प्रकाश हमाल छन् । उनि काँग्रेसमा आवद्द वडा सदस्य समेत हुन् ।

उनलाइ गाउँपालिकाले स्थानीय सरकारकाे शिक्षा ऐनमा टेकेर अध्यक्षमा ताेक लगाएकाे हाे । तर नेकपाले त्यसकाे विराेध गरेका छन् । अविभावकहरुकाे भेला गरेर भेलाबाट विव्यस समिती चुनिनु पर्ने नेकपाकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार