• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा पहिलाे काेराेना खाेप कसले लगाए ?


माघ १४, सल्यान ।

काेभिड १९ काे खाेप सल्यानमा ११ सय डाेज आएकाे छ । बुधबारबाट देशभर कोभिड १९ खोप अभियान अन्तरगत सल्यानमा १ सय १० भाइल अर्थात ११ सय डाेज खाेप भित्रिएकाे हाे ।

एउटा भाइलमा १० डाेज हुन्छन् । एउटा भाइल खाेलिसकेपछि त्यसभित्रकाे डाेज ६ घण्टा भित्र लगाइसक्नु पर्ने हुन् । सल्यानमा पहिलाे खाेप जिल्ला अस्पतालमा कार्यरत डा. केशव मेहताले लगाएर उद्घाटन गरेका हुन् ।

खोप अभियानका पहिलो दिन ३० जना स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनकाअनुसार पहिलाेदिन बुधबार सल्यान जिल्ला अस्पतालमा कार्यरत  १७ महिला र १३ पुरुष गरी ३० जना स्वास्थ्यकर्मीले खोप लगाएका छन ।

पहिलो चरणमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव वहान चालक, एम्बुलेन्स चालक, सरसफाईकर्मी र ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाउने नेपाल सरकारको निर्देशन अनुसार आज पहिलो दिन चिकित्सक र स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएको उनको भनाई छ ।

बिहिबारदेखि खोप लगाउनेको संख्यामा वृद्धि आउने कार्यालयले जनाएको छ । बिहिबार महिला स्वास्थ्य स्वयमसेविका, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले खोप लगाउने डिसीले बताए ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार