माघ २०, काठमाडाैं ।
पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा मंगलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्य ९ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ। घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।