मेरो प्यारो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा !


ओम प्रकाश पुन

गीत

उत्तरतिर हिमाल टलल, दक्षिणतिर तराई झलल ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिले काँरा ।
खस भाषाको जन्मथलो, चिताउछ सबको भलो ।
मेरो प्यारो सल्यान डाँरा, जन्मथलो तिमिले काँरा ।

कति राम्रो बोलि भाषा, खास नेपाली राष्ट्र भाषा ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।
पश्चिम भेरीबिच शारदा, क्या रमाइलो गुराँस फुल्दा ।
मेरो प्यारो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।

कुपिण्डे दह, खैरावाङ माई, सल्लेरी वन क्या राम्रो हाई ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।
बहुजाति भाषा एउटै, बहु पार्टी वर्ग एउटै ।
मेरो प्यारो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।

ठारिभाका झाउरे गाका, कति नाम्रा मान्ठ यहाँका ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।
हेर्न मिल्ने हिमाल चुली, उचो कुमाख निंगालचुली ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।

कति राम्रो सल्यान जिल्ला, क्रान्तिको लालकिल्ला ।
कठै मेरो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।
मेरो प्यारो सल्यान डाँरा, जन्मथलो तिमिल काँरा ।

लेखक ओम प्रकाश पुननेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य तथा सेती महाकाली ब्यूराे इन्चार्ज हुन् । सल्यानको कालागाउँ तिमिलकाँडामा जन्मीएका उनि हाल सरकारले पार्टीमाथी प्रतिबन्ध लगाएपछि कैलाली कारागारमा छन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार