• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

अमित बाबू रोकाय र टीका सानुको उत्कृष्ट दोहोरी गित ‘काटी सलाईको ‘


नवराज राना मगर

नवराज राना मगर,प्युठान । त्यस्तै त्यस्तै भयो पछिको फेरि आर्को माया रोकाय को गित काटी सलाईको,पछिल्लो समयको सांगितिक बजारमा चलेको गित काटी सलाईको गित यति बेला निकै चर्चामा छ । गायक तथा सर्जक अमित बाबू रोकाय र टीका सानुको समधुर आवाजमा रहेको गित काटी सलाइको गित अडियो,भिडियो सहित बजारमा आइसकेको छ ।

गितमा मोडल धुर्ब,हिमाली लगायतको धेरै कलाकारहरु समाबेश छन । गायक तथा सर्जक मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायक अमित बाबू रोकाय गित काटी सलाईको भो भन्ने गित बजारमा ल्याउनु भएको छ। यस गीतको अडियो भिडियोमा अमित बाबू रोकाय र टीका सानुको स्वर रहेको छ । भने उक्त गित मौलिक लोक दोहोरी जीवनमा हुने र गरिने माया- प्रेमको बिषय वस्तुलाई समटेर तयार पारीएको छ।

गायक अमित बाबू रोकायको आफ्नो अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नुभएको छ। यस गीतको शब्द बिराज ओलि र संगीत अमित बाबू रोकाय ले नै गर्नुभएको हो। गीतले युवा पुस्ताहरुको जीवन चित्रण गर्दै समाजमा सकारात्मक सन्देश दिन सफल रहेको गायक रोकाय ले बताउनु भएको छ। उहाँले एक पटक हेरेर सल्लाह सुझाव दिन आग्रह समेत गर्नु भएको छ काटी सलाईको ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार