• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

एक्कासी के काे लागि झलनाथ खनाल दिल्ली उडे ?


माघ ३०, काठमाडाैं ।

नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ट नेता झलनाथ खनाल एक्कासी भारतको राजधानी नयाँ दिल्ली उडेका छन्।

पूर्वप्रधानमन्त्री रहेका खनाल शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । आफ्नो स्वास्थ्य उपचारका लागि उनी दिल्ली गएका हुन् ।

केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ। खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको जानकारी दिए।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’

खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार